सोमबार १७ अंकले घट्यो नेप्से, ७ अर्ब ७७ कराेडकाे काराेबार

काठमाडौँ । साताको दोस्रो दिन सेयर बजार परिसूचक १७ अंकले ओरालो लागेको छ । यस दिन १७.७५ अंकले आरालो लागेर सेयर परिसूचक २८१९.८६ बिन्दुमा ओर्लिएको छ ।

यस दिन ३ ओटा समूहको उपसूचक सामान्य अंकले बढेको भए पनि अरु सबै उपसमूहको समूहगत सूचक घटेको छ ।

यस दिन २ सय २६ कम्पनीको १३ करोड ४० लाख ३ हजार ३ सय १२ कित्ता शेयर ८० हजार ३ सय ५१ पटक किनबेच हुँदा ७ अर्ब ७७ करोड ७५ लाख १० हजार रुपैयाँको कारोबार भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *