तिहारमा व्यस्त असन बजार (तस्बिरहरू)

काठमाडौँ । फूल अनि बत्तीहरूको पर्व तिहार संघारमै छ । आम सर्वसाधारणहरू यतिबेला तिहारको किनमेल गर्नमै व्यस्त छन् ।

काठमाडौँको पुरानो बजार भोटाहिटी, असन, इन्द्रचोकजस्ता क्षेत्रहरू अहिले तिहारले गर्दा मानिसको भीडले भरिएका छन् । दैनिक सयौँको संख्यामा मानिसहरू तिहारमा चाहिने मखमली, सयपत्रीको माला, भाइ मसला, टिका, बत्ति, पाला, रातो माटो, बिमिरोजस्ता अत्यावश्यक सामानको जोहो गर्न असन इन्द्रचोक आउने गर्दछन् ।

गतवर्ष कोरोना माहामरीले नचम्केको तिहार बजार यो साल कोरोनाको संक्रमण केहि घटेपछि भरिभराउ भएको छ । बिहानदेखि देखिने ग्राहकको भीड दिनहुँ साझसम्म उत्तिकै रहने पसलेहरू बताउँछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *