फिलिपिन्समा पत्रकारको गोली हानी हत्या, डुटेर्टेले पदभार ग्रहण गरेयता २१औं हत्या

एजेन्सी । फिलिपिन्समा गोली हानी एक पत्रकारको हत्या गरिएको छ । साउथ चाइना मर्निङ्ग पोस्ट्काअनुसार फिलिपिन्स समाचार पोर्टलका रिपोर्टर ओर्लान्डो डिनोयको हत्या गरिएकाे हाे ।

ओर्लान्डो डिनोय, अनलाइन संगठन न्यूजलाइन फिलिपिन्सका रिपोर्टर र एनर्जी एफएमका एंकरलाई मिन्डानाओ टापुको बान्सलान शहरमा रहेको उनको फ्ल्याटमा छिरेर बन्दुकधारीहरूले ६ पटक गोली हानेको स्थानीय प्रहरी प्रमुख मेजर पिटर ग्लेन इपोङले बताएका छन् । उनकाअनुसार अधिकारीहरूले अहिले पनि सम्भावित कारणहरूको अनुसन्धान गरिरहेका छन् । उनले भनेका छन्, ‘अनुसन्धान र खोजीमै छौँ । अहिलेसम्म कुनै ठोस स्रोत फेला परेन ।’

डिनोयको हत्या रोड्रिगो डुटेर्टे राष्ट्रपति बनेयताको २१औं पत्रकारको हत्या हो । उनी सन् २०१६ त्यहाँका राष्ट्रपति बनेका थिए । द्वीपसमूह राष्ट्र पत्रकारहरूको लागि संसारको सबैभन्दा खतरनाक ठाउँहरूमध्ये एक हो, जहाँ उनीहरूका अधिकांश हत्याराहरू दण्डित छैनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + fourteen =