सानिमा बैंकले १७ प्रतिशत बोनस सेयर दिने
२०७८ कार्तिक १४ गते

काठमाडौँ । सानिमा बैंकले आफ्ना सेयर धनीलाई १७ प्रतिशत बोनस सेयर र ०.८९४७ प्रतिशत नगद लाभांश दिने भएको छ ।
बैंकको आइतबार भएको साधारण सभाले उक्त बोनस सेयर पारित गरेको हो । भर्चुअल माध्यमबाट गरिएको उक्त साधारणसभालले उक्त सेयर दिने निर्णय पारित गरेको हो ।
आर्थिक बर्ष २०७७/७८ मा रु. २.३२ अर्ब खुद मुनाफा गरेको सानिमा बैंकको कुल सम्पत्ति १ खर्ब ६० अर्ब ७५ करोड, कुल निक्षेप १ खर्ब ३० अर्ब ८८ करोड तथा खुद कर्जा सापटी रु १ खर्ब २३ अर्ब १७ करोड रुपैयाँ रहेको छ ।
आर्थिक वर्ष २०७६/७७ को तुलनामा निक्षेप, कर्जा सापटी र कुल सम्पत्तिमा क्रमश १८.८८, ३१.४५ र २७.२६ प्रतिशतले वृद्धि गरेको बैंकले जनाएको छ ।
२०७८ कार्तिक १४ गते
प्रतिक्रिया
सम्बन्धित









