नेप्से ५५ अंकले बढ्यो, ७ अर्ब ८२ करोडको कारोबार

काठमाडौँ । साताको पहिलो दिन आइतबार सेयर बजार (नेप्से) परिसूचक उकालो लागेको छ ।

यस दिन परिसूचक ५५.५० अंकले बढेर २८३७.६१ बिन्दुमा पुगेको छ । यस दिन सेन्सेटिभ परिसूचक समेत ९.४६ अंकले बढेर ५३०.४६ अंकमा बिन्दुमा पुगेको छ ।

यस दिन २ सय ३२ कम्पनीको १ करोड ३८ लाख ९९ हजार ३ सय २२ कित्ता सेयर ७ अर्ब ८२ करोड ३२ लाख २६ हजार ४ सय ९३ रुपैयाँमा कारोबार भएको छ ।
यस दिन बैंकिङबाहेक सबै समूहको उपसूचक हरियो भएका छन् ।

यस दिन चन्द्रागिरी हिल्ससहित १२ ओटा कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढी १० प्रतिशतसम्मले बढेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *