बैंक अफ काठमाण्डूका ग्राहकलाई सोवा हेल्थकेयरमा १५ प्रतिशत छुट

काठमाडौँ । बैंक अफ काठमाण्डू लिमिटेडका ग्राहकलाई सोवा हेल्थकेय सेन्टरमा बैंकको डेबिट तथा क्रेडिट कार्ड, प्रिपेड कार्ड, मोबाइल बैंकिङ तथा क्यूआर कोडकाे माध्यमबाट भुक्तानी गर्दा १५ प्रतिशतको छुट उपलब्ध गराउने सम्झौता भएको छ ।

यो सम्झौतापछि ग्राहकले सोवा हेल्थकेयर सेन्टरले प्रदान गर्ने इएम् बाहेकका सम्पूर्ण स्वास्थ्य सम्बन्धी सेवाहरू लिए बापत बैंकको कार्ड तथा मोबाइल बैंकिङकाे प्रयोग गरी भुक्तानी गर्दा वास्तविक मूल्यको १५  प्रतिशतसम्म छुट पाउनेछन् ।

ललितपुरको  जावलाखेलमा अवस्थित सोवा हेल्थकेयर सेन्टरले  सेवाग्राहीहरूलाई गुणस्तरीय सेवा तथा सुविधाहरू प्रदान गर्दै आइरहेको छ । बैंक अफ काठमाण्डू लिमिटेडले ९१ शाखा कार्यालयहरू, एटिएम र १० एक्सटेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *