काठमाडौँ महानगरपालिकाको कर अब इसेवाबाट तिर्न सकिने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको कर तथा राजश्व अबदेखि इसेवा मार्फत भुक्तानी गर्न सकिने भएको छ। यससँगै अबदेखि काठमाडौँ महानगरपालिकाको सम्पत्ति तथा भूमि, व्यवसाय र बहाल कर इसेवा मार्फत सहजै भुक्तानी गर्न सकिने भएको हो।

इसेवा एकाउन्ट भएका व्यक्तिले मोबाइलबाट सिधै कर तथा राजश्व भुक्तानी गर्न सक्नेछन् भने इसेवा एकाउन्ट नभएका व्यक्तिले नजिकै रहेका इसेवा जोन तथा पोइन्ट मार्फत कर भुक्तानी गर्न सक्नेछन्।

स्थानीय तहमा बुझाउने कर तथा सेवा शुल्क अनलाइनमार्फत भुक्तानी गर्दा स्थानीय तह र त्यस क्षेत्रका बासिन्दालाई अझ सहज हुनुका साथै अहिलेको कोभिड–१९ को महामारीका बेला घरबाटै सेवा लिँदा अझ सजिलो र सुरक्षित हुने अपेक्षा गरिएको छ।

महानगरबासीले दुई तरिकाबाट इ–सेवामार्फत भुक्तानी गर्न सक्नेछन्। यसको लागि नगरवासीले सुरुमा वडा कार्यालयमार्फत आफ्नो इमेल र फोन नम्बर दर्ता गराइ लगइन आइडी लिनुपर्नेछ। त्यसपछि इसेवाको मोबाइल एप अथवा वेबसाइटबाट भुक्तानी गर्न सकिनेछ भने काठमाडौँ महानगरपालिकाको वेबसाइटबाट पनि युजरनेम र पासवर्ड हानेर इसेवामार्फत कर तथा राजस्व भुक्तानी गर्न सकिनेछ ।

हालसम्म बनेपा नगरपालिका, बासगढी नगरपालिका, बर्दघाट नगरपालिका, बेलौरी नगरपालिका, विराटनगर महानगरपालिका, बिष्णुपुर गाउँपालिका, बुटवल उप महानगरपालिका, छथर जोरपाटी गाउँपालिका, धनगढीमाई नगरपालिका, धरान उप महानगरपालिका, धुलिखेल नगरपालिका, गोदावरी नगरपालिका, गोकर्णेश्वर नगरपालिका, हेटौडा उपमहानगरपालिका, इटहरी उपमहानगरपालिका, काठमाडौँ महानगरपालिका, कावासोती नगरपालिका,  केराबारी गाउँपालिका, कीर्तिपुर नगरपालिका, मध्यविन्दु नगरपालिका, नमोबुद्ध नगरपालिका, पुनर्वास नगरपालिका, सुन्दरहरैँचा नगरपालिका, थुलुङ दुधकोशी गाउँपालिका, तिलोत्तमा नगरपालिका लगायतका स्थानीय तहमा इसेवा मार्फत कर तथा राजस्व भुक्तानी गर्न सकिन्छ ।

इसेवाबाट इन्स्योरेन्स्‌काे प्रिमियम भुक्तानी, सेयर कारोबारको भुक्तानी गर्न सकिनुका साथै मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महसुल भुक्तानी, रिचार्ज, हवाईजहाज, बसको टिकट, स्कुल कलेजको लगायतका शुल्क भुक्तानी गर्न सकिन्छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *