ग्लोबल आइएमई बैंकद्वारा प्रहरीलाई एलईडी टिभी हस्तान्तरण

काठमाडौं ।ग्लोबल आइएमई बैंकद्वारा महानगरीय प्रहरी परिसरलाई १० थान एलईडी टिभी हस्तान्तरण गरेको छ ।

ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत महानगरीय प्रहरी परिसर ललितपुरको नवनिर्मित स्मार्ट कन्ट्रोल रुमका लागि १० थान ४३ इन्चको एलईडी टेलिभिजन सेट प्रदान गरेको छ ।

महानगरीय प्रहरी परिसर ललितपुर, जावलाखेलमा आयोजित एक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले महानगरीय ट्राफिक प्रहरी परिसरका वरिष्ठ प्रहरी उपरीक्षक किरण बज्राचार्यलाई १० थान टेलिभिजन सेटहरु हस्तान्तरण गरेका हुन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *