राजीनामा दिन प्रधान न्यायाधीशलाई बारको पाँच दिने अल्टिमेटम

काठमाडौं । नेपाल बार एशाेसिएशनले प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबरालाई राजीनामा दिन बुधबारसम्मको अल्टिमेटम दिएको छ । शुक्रबार बसेको बारको बैठकले बुधबारसम्ममा राजीनामा दिन र नदिए कडा आन्दोलन गर्ने निर्णय गरेको बारका उपाध्यक्ष रक्षा बस्यालले जानकारी दिइन् ।

बुधबारसम्म हातमा कालोपट्टी बाँधेर बारमै विरोध प्रदर्शन गरिने उनले जानकारी दिइन् । बैठकले न्यायपालिकामा देखिएको समस्या र बारको निणर्य देशभरका ९० वटै एकाइमा परिपत्र गरी पठाउने र  छलफल गर्ने, आइतबारदेखि बुधबारसम्म कालोपट्टी बाँधेर सर्वोच्च अदालत अगाडि प्रदर्शन गर्ने र बुधबार धर्ना दिने,  प्रधान न्यायाधीशलाई अब आफ्नो इजलासबाट कुनै पनि फैसला, निर्णय र आदेश नगर्न माग गर्ने निर्णय पनि गरेको उपाध्यक्ष बस्यालले जानकारी दिइन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *