१५ न्यायाधीशविरुद्ध सर्वोच्चमा रिट दायर

काठमाडौँ । सर्वोच्च अदालतका १५ जना न्यायाधीशविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । न्यायाधीशहरू इजलासमा सहभागी नहुँदा न्याय प्रणाली प्रभावित भएको भन्दै तीन थान रिट दायर भएको सर्वाेच्चका प्रवक्ता बाबुराम दाहाल जानकारी दिए ।

उनकाअनुसार रिट दर्ता प्रक्रियामा छन् । स्वागत नेपाल, कृष्ण प्रसाईंलगायतका अधिवक्ताहरूले रिट दायर गराएका हुन् । ‘तीन थान रिट यहाँ आयपुगेकाे छ,’ प्रवक्ता दाहालले भनेका छन् । अधिवक्ताहरूले रिटमार्फत सर्वोच्च अदालतका न्यायाधीशहरूले इजलास बहिष्कार गर्दा न्याय प्रणाली प्रभावित भएको र पीडितहरूमाथि अन्याय भएको उल्लेख गरिएको छ ।

उनीहरूले न्यायाधीशहरूले इजलास बहिष्कार गरेपछि बन्दी प्रत्यक्षीकरणसहित तत्काल सुनुवाइ नहुँदा न्यायको हक उल्लंघन भएको जिकिर गरेका छन् । साथै उनीहरूले पेसी सूचीमा रहेका मुद्दा हेर्न परमादेश जारी गर्नसमेत माग गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *