वर्ल्ड कम्युनिकेसन अवार्डका दुई विधाबाट एनसेल सम्मानित

काठमाडौँ । एनसेल आजियाटाले प्रतिष्ठित ‘वर्ल्ड कम्युनिकेसन अवार्ड २०२१’ का दुई विधा ‘द सोसियल कन्ट्रिव्युसन अवार्ड’ र ‘क्राइसिस रेस्पोन्स अवार्ड’ मा पुरस्कार जित्न सफल भएको छ । कात्तिक ९ गते आयोजना भएको ‘टोटल टेलिकम कङ्ग्रेस’को एक कार्यक्रममा अवार्डको विजेता घोषणा भएको थियो ।

विश्वभर टेलिकम बजारमा भएको नवीन विकास र उत्कृष्टताका आधारमा विभिन्न कम्पनीलाई वर्ल्ड कम्युनिकेसन अवार्ड प्रदान गरिन्छ । स्वास्थ्य, शिक्षा र वातावरणलाई प्रमुख प्राथमिकतामा राख्दै विभिन्न सामाजिक पहलहरु मार्फत समाजको विकासमा उल्लेखनीय योगदान पुऱ्याउँदै सरकारलाई दीगो लक्ष्य विकास प्राप्तिमा सहयोग पुऱ्याएबापत एनसेललाई ‘द सोसियल कन्ट्रिव्युसन अवार्ड’ प्रदान गरिएको कम्पनीले जनाएको छ ।
त्यस्तै कोभिड–१९ महामारी, २०७२ को भूकम्प र २०७१ र २०७४ को बाढी जस्ता विपदका समयमा सरकार र समुदायलाई पुऱ्याएको सहयोगको कदर गर्दै ‘क्राइसिस रेस्पोन्स अवार्ड’ प्रदान गरिएको कम्पनीको भनाइ छ । वर्ल्ड कम्युनिकेसन अवार्डमा क्राइसिस रेस्पोन्स अवार्डको विधा यसै वर्ष देखि मात्र राखिएको हो । एनसेलले विश्वका अन्य प्रतिस्पर्धीहरुलाई पछि पार्दै यो अवार्ड जित्न सफल भएको हो ।

‘यी सम्मानहरु हामीले समाजको विकास र दीगो विकास लक्ष्य प्राप्तिका लागि गरेका महत्वपूर्ण कार्य मात्र नभएर विपदको समयमा सरकार र नेपाली समुदायहरुलाई पुऱ्याएको योगदानको कदर पनि हो’ एनसेलका प्रमुख कार्यकारी अधिकृत एण्डी चोङले भने । एनसेलले हालै मात्र सम्पन्न ‘एसियाज बेस्ट इम्प्लोएर ब्राण्ड अवार्ड’ जितेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *