११ लाख उत्पादनमा ५ करोड छुट दिनेगरी दराजको ११.११ तयारी

काठमाडौँ । दराजले अनलाइन सपिङ फेस्टिभल ११.११ फेरि सुरु गर्न गइरहेको छ । ११ लाख उत्पादनमा ५ करोडको छुटसहित दराजले ११. ११ को चौथो संस्करण कात्तिक २५ गते (११ नोभेम्बर)मा सुरु गर्ने छ ।

आफ्ना डेलिभरी पार्टनरसँग मिलेर १ हजार ४ सय नयाँ कर्मचारी, कस्टूमर केयर एजेन्ट र १ हजार डेलिभरीकर्ता भर्ती गरेर आफ्नो परिचालन क्षमता बढाइएको कम्पनीले जनाएको छ । यस वर्षको ११.११मा ११ लाखभन्दा बढी उत्पादनहरू प्रस्तुत गर्ने दावी गरेको कम्पनीले देशभरका ४७ भन्दा बढी शहरहरूमा सहज र छिटो डेलिभरी सुनिश्चित गर्ने जनाएको छ ।

दराज नेपालका प्रमुख परिचालन अधिकृत विमल अर्यालले दराजका स्रोतहरू अब पूर्ण रूपमा निपूर्ण रहेको बताए । ‘हामी ११.११ को समयमा निर्बाध रुपमा ग्राहक र विक्रेता अनुभव प्रदान गर्न तयार छौं’ उनले भने । विगत एक वर्षमा डेलिभरी गति सुधार गर्न, डेलिभरी स्थानहरू वृद्धि गर्न, एसएमईहरूको उत्थान गर्न लगायतमा ठूलो लगानी गरिएको दराजले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *