एमाले पाेखराकाे अध्यक्षमा न्याैपाने सर्वसम्मत

पाेखरा । नेकपा एमालेकाे पाेखरा महानगर अध्यक्षमा दिलिप न्याैपाने सर्वसम्मत रुपमा चुनिएका छन् । लामाे रस्साकस्सीपछि न्याैपानेले ५ आकांक्षीलाई पछि पार्दै नेतृत्व युवामा झारेका हुन् ।

दीपक पाैडेल, तेजनारायण अधिकारी, धनबहादुर नेपाली र हरि त्रिपाठीले अध्यक्षमा मनाेनयन दिएका थिए ।

उपाध्यक्षमा माेहन गुरुङ, सचिवमा जीवन आचार्य चयन भए । उपसचिवमा रामचन्द्र थापा र सीता विक चयन भएका छन् । याेसँगै कास्कीमा माछापुच्छ्रे बाहेक सबै पालिकामा अधिवेशन सकिएकाे छ । माछापुच्छ्रेमा पनि आजै टुंग्याउने बताइएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *