नेपाल लाइफको प्रिमियम तिर्दा दाहालले जिते आइफोन-१२

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको बीमा शुल्क (प्रिमियम) भुक्तानी ईसेवाबाट गर्ने बीमितमध्येबाट पहिलो लक्की ड्र मार्फत विजेतालाई आइफोन १२ प्रदान गरिएको छ ।

नेपाल लाइफको कार्यालयमा एक कार्यक्रमका बीच उक्त पुरस्कार प्रदान गरिएको हो । लक्की ड्र मार्फत छनोट भएका विराटनगर निवासी विज्ञान दाहाललाई नेपाल लाइफका नायब महाप्रबन्धक अमित केयलले उक्त आइफोन-१२ प्रदान गरेका हुन् ।

नेपाल लाइफका नायब महाप्रबन्धक अमित केयलले डिजिटल प्लाटफर्ममार्फत प्रीमियम भुक्तानी गर्दा समयको बचत र झन्झटबाट मुक्त हुनुका साथै ईसेवाले ग्राहकहरूलाई यस किसिमका उपहार प्रदान गर्दा डिजिटल पेमेन्टमा आकर्षण बढ्ने धारणा व्यक्त गरेका थिए ।

आइफोन-१२ प्राप्त गरेपछि विज्ञान दाहालले १० वर्षअघि बीमा गरेको पोलिसिको प्रिमियम समय र सहजतालाई ध्यान दिई ईसेवाबाट भुक्तानी गर्दा लक्की ड्रको बारेमा जानकारी नभएको बताए ।

तर जब ईसेवाबाट तपाईँ लक्की ड्रमार्फत छनौट हुनुभएको छ भनी फोन आउँदा सरप्राइज भएको जनाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *