बैंक अफ काठमाण्डू लिमिटेडद्वारा विभिन्न अस्पताल तथा स्वास्थ्य चौकीमा सहयोग

काठमाडौँ । विश्व महामारीको रुपमा रहेको कोरोना भाइरस कोभिड-१९ सँग लड्न सहयोग पुगोस् भन्दै बैंक अफ काठमाण्डू लिमिटेडले देशभरका विभिन्न अस्पतालहरूलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व नीति अन्तर्गत देशभरिका राष्ट्रियस्तर, प्रदेशस्तर, जिल्लास्तर तथा स्थानीयस्तरका अस्पताल तथा स्वास्थ्यचौकीहरूमा व्यक्तिगत सुरक्षात्मक उपकरण पीपीई, मास्क, सर्जिकल ग्ल्बस र सेनिटाइजरहरु हस्तान्तरण गरेका हो ।

प्रदेश नं १ अन्तर्गत खादँबारी जिल्ला अस्पताल, प्रदेश नं. २ अन्तर्गत स्वास्थ्य चौकी सखडा, छिन्नमस्ता, सप्तरी, मिर्चैया नगरपालिकाद्वारा सञ्चालित प्राथमिक स्वास्थ्य चौकी, मिर्चैया र गढीमाई नगरपालिकाद्वारा संचालित समनपुर स्वास्थ्य चौकी, रौतहट, बागमती प्रदेशअन्तर्गत भक्तपुर अस्पताल र कीर्तिपुर अस्पताल, लुम्बिनी प्रदेशअन्तर्गत राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराही, दाङ तथा सुदूरपश्चिम प्रदेश अन्तर्गत टिकापुर अस्पताल र डडेल्धुरा अस्पताललाई भिन्नभिन्न समारोहहरुका बीच सम्बन्धित अस्पताल तथा स्वास्थ्य चौकीको प्रमुखलाई बैंकको प्रतिनिधीहरुद्वारा उक्त स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरिएको हो ।

उक्त व्यक्तिगत स्वास्थ्य सामग्रीहरुको वितरणले विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको प्रकोपबाट सिर्जना भएको कठिन परिस्थितिमा सीमित स्रोत साधनका बीच संक्रमण नियन्त्रणको अग्रस्थानमा रहेका स्वास्थ्यकर्मीहरूको स्वास्थ्य सुरक्षामा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *