समायोजित विद्युत् महशुुल दरको उद्योग वाणिज्य महासंघद्वारा स्वागत

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले विद्युत् महशुुल दर घटाउने र विद्युत् डिमाण्ड शुल्क नबढाउने निर्णयको स्वागत गरेको छ । विद्युत् नियमन आयोगले समायोजन गरी मंरिरदेखि लागू हुने गरी सार्वजनिक गरेको समायोजित विद्युत् महशुल दरको महासंघले स्वागत गरेको हो । कोभिडको सङ्कटमा रहेको उद्योग व्यवसायलाई समायोजित महशुल दरले थप राहत पुुग्ने विश्वास महासंघले व्यक्त गरेको छ ।

विद्युत् डिमाण्ड शुल्क वृद्धि नगर्न महासंघले बारम्बार अनुरोध गर्दै आएको र यस सम्बन्धमा गएको असोज १२ गते मात्रै ऊर्जा मन्त्रीलाई भेटी सुुझाव समेत दिइएको थियो । महासंघको सुुझाव अनुसार नै डिमाण्ड शुल्क वृद्धि नगर्ने निर्णयबाट निजी क्षेत्र उत्साहित भएको जनाएको छ ।

‘यो निर्णयबाट आर्थिक गतिविधि विस्तारमा केहीमात्रा भएपनि सहयोग पुग्ने हाम्रो विश्वास छ,’ महासंघले विज्ञप्ती जारी गरेर भनेको छ, ‘महासंघले प्रतिस्पर्धी उत्पादन र रोजगारी सिर्जनाका लागि विद्युत महशुल न्यून गरि अन्य शुल्क समेत हटाउंदै जानुु पर्ने र उद्योगहरुलाई सहुुलियत दरमा विद्युत उपलव्ध गराउन नेपाल सरकारको ध्यानाकर्षण गराउँदै आएको छ ।

विद्युत् खपत बढाउन औद्योगिक ग्राहकका लागि महशुुल अझ सस्तो हुुनुुपर्ने र यसले प्रतिस्पर्धी बजार सिर्जना र व्यापार घाटा न्यूनीकरणमा समेत सहयोग पुुग्ने विश्वास महासंघले व्यक्त गरेको छ ।

नेपालमा जलविद्युतको अत्यधिक स्रोत भए पनि उद्यम व्यवसायका लागि महँगो रहँदै आएको छ । विद्युत्को निर्वाध आपूर्ति र उद्योगका लागि सहुुलियत दरमा बिजुली उपलब्ध गराउनुुपर्नेमा महासंघले सदैव जोड दिँदै आएको छ ।

साथै २०७५ साल फागुनदेखि रोकी राखिएको पीपीए भौतिक पूर्वाधार सुनिश्चित भएका आयोजनाहरुको पहिचान गरी ती आयोजनाहरूसँग तत्काल पीपीए सुरु गर्न पनि महासंघले आग्रह गरेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *