एनआईसी एशिया बैंकको स्वतन्त्र सञ्चालकमा स्वार नियुक्त

काठमाडौँ । विजया स्वार एनआईसी एशिया बैंकको स्वतन्त्र सञ्चालकको रूपमा नियुक्त भएकी छन् ।

स्वारसँग नेपालका विभिन्न बैंक तथा वित्तीय क्षेत्रहरूमा ३० वर्षभन्दा बढी अवधिको कार्य अनुभव रहेको बैंकले जनाएको छ । स्वारलाई बैंकका सञ्चालक समितिका अध्यक्ष तुलसी राम अग्रवालले पद तथा गोपनीयताको शपथ खुवाएका थिए ।

फिलिपिन्सको एशियन इन्स्टिच्युट अफ म्यानेजमेन्टबाट स्नातकोत्तरसम्म अध्ययन गरेकी उनी कृषि विकास बैंकमा सन् १९८६ मा शाखा अधिकृतबाट बैंकिङ्ग सेवा सुरु गरेकी थिइन् । उनले सन् २०१६ मा नायब महाप्रबन्धक पदबाट अवकाश लिएकी थिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *