सदरमुकामकै पीडित भेट्न सरकारलाई साढे ४ महिना

पोखरा । असार १ को बाढीले कास्कीको मादी गाउँपालिका १ सोंधाका ११ घर पूर्ण क्षति भयो । गाउँलेहरु सहयोगीले दिएको त्रिपाल टाँगेर बसे । कोही छिमेकीको घरमा शरण लिएर बसे ।

पोखरामा भएको प्रदेश सरकार साढे ४ महिनापछि बल्ल १ लाख लिएर पुगेको छ । बुधबार मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बाढी पीडित क्षेत्रको अवलोकन गरी राहत हस्तान्तरण गरेका हुन् । प्रत्येक घरलाई १ लाखका दरले हस्तान्तरण गरिएको छ ।

प्रदेश सरकारले मनाङमा पीडितलाई २ लाख र अन्य जिल्लाका पीडितलाई १ लाखका दरले रकम हस्तान्तरण गर्दै आएको छ । सोंधाका भौमाया जैशी, चित्रकुमार गुरुङसेनी, टेकबहादुर गुरुङ, पुष्पा गुरुङ, हर्कबहादुर गुरुङ, लक्ष्मी गुरुङ, चित्रबहादुर गुरुङ, बोधराज बराल, हुमप्रसाद गुरुङ, केशबहादुर गुरुङ, दूधराज गुरुङलाई राहत प्रदान गरिएको हो ।

मुख्यमन्त्री पोखरेलले प्रदेश सरकार जहिले पनि नागरिकको सुख दुखमा सँधै साथमा रहेको बताए । ‘तीन तहका सरकारका आआफ्नै दायित्व र अधिकार क्षेत्र छन् । प्रदेश सरकारले आफ्नो क्षेत्रभित्र रहेर क्षमताले धानेसम्म दायित्व निर्वाह गर्न तत्पर छ,’ उनले भने, ‘मेरो नेतृत्वको सरकार बनेकै दिनदेखि बाढी पहिरो जस्ता प्रकोप सुरु भयो । हामी परिस्थितिलाई सामान्य बनाउने चरणमा छौं ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *