पोखरा र बुटवलमा मेटलाइफका शाखा कार्यालय

काठमाडौँ । ग्राहकहरूलाई निरन्तर रुपमा अद्वितीय तथा असाधारण सेवा प्रदान गर्ने प्रतिबद्धताका साथ मेटलाइफ नेपालले पश्चिम नेपालमा रहेका आफ्ना कार्यालयहरुमा सुविधाहरू विस्तार गरेको छ ।

पोखरा र बुटवलजस्ता प्रमुख बजार केन्द्रहरूमा रहेका कार्यालयहरूलाई रुपान्तरण गरी शाखा कार्यालयहरू बनाइएको छ ।

बीमा आवेदन तथा प्रीमियम संकलन, पोलिसी वितरण तथा परिवर्तन, पुनःस्थापना, ग्राहक सोधपुछ प्रबन्धनसहित अन्य कागजात प्रशोधनसम्बन्धी सेवाहरू प्राप्त गर्न सकिने मेटलाइफले जनाएको छ ।

दुवै कार्यालयहरूको उद्घाटन कम्पनीका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मल काजी श्रेष्ठ र अन्य वरिष्ठ कर्मचारीहरुको उपस्थितिमा गरिएको थियो ।

उद्घाटनका क्रममा, महाप्रबन्धक निर्मलकाजी श्रेष्ठले मेटलाइफको उद्देश्य ग्राहकहरुको अनुभव अभिवृद्धि गर्ने रहेको र हाल रुपान्तरित शाखा कार्यालयहरूले पश्चिम नेपाल र आसपासका आफ्ना ग्राहकहरूलाई गुणस्तरीय सुविधा प्रदान गरी ग्राहक अनुभवलाई नयाँ आयाम दिने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *