नेपाल बङ्गलादेश बैंकद्वारा शुक्रराज ट्रपिकल अस्पताललाई सहयोग

काठमाडौं । नेपाल बङ्गलादेश बैंकद्वारा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुलाई सहयोग गरेको छ ।

कोभिड-१९ को संक्रमण र यसबाट हुनसक्ने मृत्युबाट नेपाली जनतालाई जोगाउने प्रयासमा हातेमालो गर्दै नेपाल बङ्गलादेश बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदयित्वअन्तर्गत ९० भायल रेम्डिसिभिर औषधि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुलाई सहयोग स्वरूप प्रदान गरेको छ ।

उक्त औषधि नेपाल बङ्गलादेश बैंक लिमिटेडले  प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुङ्गानाले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा अनुप बास्तोलालाई हस्तान्तरण गरेका थिए ।

बैंकले कोभिड-१९ को संक्रमणको उच्च जोखिमको बेला शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले गरेको कार्यको सह्राना गर्दै उक्त अस्पताललाई चयन गरेको जनाएको छ ।

बैंकले आफ्नो बङ्गलादेशस्थित साझेदार बैंक आइएफआइसी बैंक लिमिटेडसँग मिलेर आर्थिक बर्ष २०७६/७७ मा पाँच हजार भायल तथा २०७८\७८ मा पनि पाँच हजार भायल रेम्डेसिभिर नेपाल सरकारलाई सहयोग स्वरूप प्रदान गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *