मंसिरदेखि २० युनिट बिजुली बालेकाे ३० रुपैयाँमात्रै

काठमाडौँ । विद्युत् नियमन आयोगले मंसिरदेखि लागू हुने गरी विद्युत्‌को नयाँ महसुलदर सार्वजनिक गरेको छ । नेपाल विद्युत् प्राधिकरणको प्रस्तावमा आयोगले नयाँ महशुलदर निर्धारण गरेर सार्वजनिक गरेको हो । प्राधिकरणले प्रस्ताव गरेको नयाँ महशुलदरबारे आवश्यक छलफल, सुनुवाई गरी आवश्यक परिमार्जनसहित नयाँ महशुल दर सार्वजनिक गरेको आयोगले बुधबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।

समायोजन गरिएको नयाँ महसुल दरअनुसार ५ एम्पियरको लाइन लिने सिङ्गल फेजका घरायसी ग्राहकले २० युनिटसम्म खपत गर्दा सेवा शुल्क (सर्भिस चार्ज)बापत मासिक ३० रुपैयाँमात्रै तिर्नुपर्नेछ । यो व्यवस्थाअन्तर्गत झण्डै २२ लाख ग्राहक लाभान्वित हुने भएका छन् ।

विद्युतीय उपकरण र खाना पकाउने कार्यमा इन्डक्सन चुलो प्रयोग गर्ने र सिँचाइका लागि विद्युत् प्रयोग गर्ने ग्राहकलाई विशेष सहुलियत नयाँ प्रस्तावमा दिइएको छ । विद्युत् वितरणको सिंगल फेज लाइनअन्तर्गत हाल ९ वटा स्ल्याब तोकेर विद्युत् महसुल लिँदै आएकोमा अब प्राधिकरणले ६ वटा स्ल्याबमा मात्रै विद्युत् महसुलदर तोकेको छ ।

अब १ देखि २०, २१ देखि ३०, ३१ देखि ५०, ५१ देखि १००, १०१ देखि २५० र २५१ युनिटभन्दा माथिसम्मको स्ल्याब कायम तोकिएको छ । १०० भन्दा माथिको स्याबका उपभोक्ताको विद्युत् महसुलदर केही सस्तो हुनेछ ।

यस्तो छ समायोजित नयाँ महसुलदरको सूची

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *