नेप्से लगातार उकालाेतर्फ : चाैथाे दिन १८ अकंले बढ्दा साढे ६ अर्बकाे काराेबार

काठमाडौँ । साताको चौथो कारोबार दिन बुधबार सेयर बजार (नेप्से) परिसूचक १८.०६ अङ्कले बढेको छ । बुधबार कारोबारको अन्तिम समयसम्म नेप्से परिसूचक ०.६६ प्रतिशतले बढेर २७६९.१३बिन्दुमा पुगेको छ ।

सेन्सेटिभ परिसूचक ०.४९ अङ्कले बढेर ५१६.५६ बिन्दुमा पुगेको छ । कारोबारमा आएका १३ वटा उपसमूह मध्ये ९ वटा समूहका उपसूचक बढेका छन् भने अन्य समुहका उपसूचकबाट घटेका छन् ।

यस दिन २ सय २८ कम्पनीका १ करोड १५ लाख ९२ हजार २ सय ३५ कित्ता सेयर ६ अर्ब ६१ करोड २६ लाख ४८ हजार ८ सय ४० रुपैयाँमा खरिदरबिक्री भएको छ । यस दिन कम्पनी बेष्ट फाइनान्स कम्पनी लिमिटेडको शेयर मूल्य साढे ८ प्रतिशतले बढेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *