मध्य भोटेकोशीको आईपीओ बाडँफाँट शुक्रबार हुने

काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको साधरण सेयर (आईपीओ) शुक्रबार हुने भएको छ ।

कम्पनीले असोज २० गतेबाट असोज २५ गतेसम्म सर्वसाधरणका लागि निष्काशन तथा बिक्री खुल्ला गरेको साधरण सेयर (आईपीओ) बाँडफाँट हुन लागेको हो ।

आइपीओको बाँडफाँट शुक्रबार बिहान ९ बजे हुने कम्पनीले जनाएको छ । आईपीओ बाँडफाँट बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यलयमा हुनेछ ।

कम्पनीको आईपीओमा अन्तिम दिनसम्म २३ लाख ९३ हजार ४२८ जना आवेदकबाट ३ करोड ४३ लाख ६० हजार १० कित्ताका लागि आवेदन परेको थियो ।

कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेको थियो ।

जसमध्ये, ५ प्रतिशत अर्थात् ४ लाख ५० हजार कित्ता सामूहिक लगानी कोष र ४ प्रतिशत अर्थात् ३ लाख ६० हजार कित्ता सेयर कर्मचारीहरुका लागि र बाँकी ८१ लाख ९० हजार कित्ता सर्वसाधारणहरूका लागि छुट्याइएको थियो ।

माग भन्दा बढी आवेदन परेकाले आइपीओ गोलाप्रथाबाट वितरण गरिनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *