एमाले अधिवेशन: गुटबन्दी बढेपछि वडाध्यक्षले दिए राजीनामा

पोखरा । अहिले देशभर एमालेको पालिका अधिवेशन चलिरहेको छ । अधिकांश पालिकामा सर्वसम्मत नेतृत्व चयन भइसकेको अवस्था छ भने कतै अधिवेशन चलिरहेको छ ।

लमजुङमा गुटगत राजनीति बढेको गुनासो सहित एकजना वडाध्यक्षले पार्टीबाट राजीनामा दिएका छन् । बेंशिसहर नगरपालिका ६ का निर्वाचित वडाध्यक्ष भोजबहादुर रिमालले पार्टीका सबै पदबाट राजीनामा दिएका हुन् ।

एक विज्ञप्ति जारी गरी उनले पार्टीमा अन्तर्घात बढेको कारण सबै जिम्मेवारीबाट अलग रहेको घोषणा गरे । उनले बेंशिसहरको नगर अधिवेशनमा प्रतिनिधिको भावना विपरीत अध्यक्ष तोकिएको आरोप लगाएका छन् ।

‘नेताको ठाडो निर्देशन अनुसार नगर कमिटीको अध्यक्ष तोक्ने जुन प्रवृत्ति भयो, साँच्चै नै नेकपा एमाले सामन्तवादी प्रवृत्तिको पार्टी रहेछ भन्ने बुझेकोले आजको मितिदेखि एमालेको साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेको घोषणा गर्दछु,’ उनको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *