विदेशी लगानी आकर्षित गर्न बोर्ड र महासंघबीच सहकार्य हुने

काठमाडौँ । नेपालमा विदेशी लगानी आकर्षण गर्न लगानी बोर्ड र नेपाल उद्योग वाणिज्य महासंघबीच सहकार्य हुने भएको छ । यसका लागि संयुक्त रुपमा लगानी प्रवर्द्धन कार्यक्रम अघि बढाउने विषयमा मंगलबार दुई निकायबीच छलफल भएको लगानी बोर्डको कार्यालयले जानकारी दिएको छ ।

महासंघ अन्तर्गतको अन्तर्राष्ट्रिय लगानी प्रवर्द्धन समितिको लगानी बोर्ड कार्यालयमा भएको छलफलमा बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र महासंघका अध्यक्ष शेखर गोल्छाले नेपालमा विदेशी लगानी भित्र्याउन मिलेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।

छलफलका क्रममा सीईओ भट्टले परियोजना अघि बढाउँदा परियोजनाको वित्तीय, प्राविधिक र वातावरणीय अध्यक्ष गहिरो गरी नभए परियोजना अघि बढ्न नसक्ने बताए ।

महासंघका अध्यक्ष गोल्छाले आफूहरुसँग अन्तराष्ट्रिय रुपमा सक्रिय लगानीकर्ताको सञ्जाल भएकोले विदेशी लगानी भित्र्याउन त्यस्ता सञ्जालको प्रयोग गर्न सकिने बताए ।

बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव डा. नारायण रेग्मीले नेपालमा विदेशी लगानीको प्रतिवद्धता र प्राप्तको ठूलो अन्तर रहेको बताए । प्रतिवद्धता बढी भए पनि प्राप्ती कम भएको उनको भनाइ थियो ।

कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल, अन्तर्राष्ट्रिय लगानी प्रवद्र्धन समितिका अध्यक्ष आनन्द बगारिया, लगानी बोर्ड कार्यालयका उपसचिव रमेश अधिकारीलगायतले धारणा राखेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *