ग्लोबल आइएमई बैंकको २८३औँ शाखा उदयपुरको कटारी बजारमा

काठमाडौँ । ग्लोबल आइएमई बैंकले उदयपुरको कटारी बजारमा मंगलबारदेखि बैंकको नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

उदयपुर जिल्लाको कटारी नगरपालिका–३ स्थित कटारी बजारमा नयाँ शाखाको सञ्चालनसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २८३ पुगेको छ ।

मुलुकभर तथा मुलुक बाहिर बैंकिङ सेवाको पहुँच पुर्‍याउने उद्देश्यले बैंकले ७६ जिल्लामा २८३ शाखा, २५१ एटीएम, २६० शाखारहित बैंकिङ्ग सेवा, ४८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयमार्फत सेवा प्रवाह गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *