‘मंसिरदेखि न्यूनतम २० युनिट बिजुली निःशुल्क’

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुसालले मंसिरदेखि न्यूनतम २० युनिट विद्युत् उपभोक्तालाई निःशुल्क उपलब्ध गराउने बताएकी छन् । काठमाडौँमा मंगलबार महिन्द्रा कम्पनीको विद्युतीय अटो सार्वजनिक कार्यक्रममलाई सम्बोधन गर्दै मन्त्री भुसालले यस्तो बताएकी हुन् ।

न्यूनतम २० युनिटसम्म विद्युत् उपयोग गर्ने घरायसी उपभोक्तालाई निः शुल्क विद्युत् दिने, आन्तरिक खपत र सिँचाईमा घटेको नयाँ महशुलदर लागु गर्ने उनले बताएकी छन् ।

विद्युत्को आन्तरिक खपत बढाउन उनले विद्युतीय सवारी साधानमा प्रयोग हुने विद्युत् समेत सहुलियतमा उपलब्ध गराउने बताइन् ।

विद्युतीय सवारी साधान र विद्युतीय उपकरणको प्रयोगले व्यापार घाटालाई कम गरी देशको अर्थतन्त्रलाई समृद्ध पार्ने समेत उनले बताइन् ।

काठमाडौं उपत्यकाका सरकारी कार्यालयहरु र उपत्यकामा चल्ने सार्वजनिक यातायातमा पनि विद्युतीय सवारी साधानको प्रयोग बनाउने नीति सरकारले अघि बढाएको उनले बताइन् ।

सरकारले यसअघि नै न्यूनतम २० युनिटसम्म निःशुल्क विद्युत सेवा उपलब्ध गराउने बताउँदै घाेषणा गरेकाे थियाे ।

नेपाल विद्युत् प्राधिकरणकाे प्रस्तावमा विद्युत् नियमन अायाेगले नयाँ महसुल दर पारित गरेकाे छ । नयाँ महसुल दर बुधबार सार्वजनिक गर्ने कार्यक्रम रहेकाे अायाेगका निर्देशक रामप्रसाद धितालले बताए ।

नयाँ महसुल दरअनुसार अब २० युनिटसम्म विद्युत् खपत गर्नेले न्यूनतम शुल्क ३० रूपैयाँ मात्रै तिरे पुग्छ । तर, २१ युनिट खपत गर्नेले प्रतियुनिट ३ रूपैयाँका दरले शुल्क तिर्नु पर्ने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *