गोदावरी पुष्प प्रदर्शनी शुक्रबारदेखि, ५० लाखको व्यापार हुने अनुमान

काठमाडौँ । ललितपुरको जावलाखेल खेल मैदानमा १२ कात्तिकदेखि १४ औँ गोदावरी पुष्प प्रदर्शनी हुने भएको छ । फ्लोरिकल्चर एशोसिएसन नेपालले मंगलबार पत्रकार सम्मलेन गरी उक्त जानकारी दिएको हो । १२ गतेदेखि १५ गतेसम्म प्रदर्शन हुने एशोसिएसनले जानकारी दिएको हो ।

वर्षेनी तिहारअघि हुँदै आएको प्रदर्शनी गत वर्ष कोरोना महामारीका कारण हुन सकेको थिएन । तिहार र छठ पर्वलाई लक्षित गरी गोदावरी फूलको प्रदर्शनी गरिने एशोसिएशनले जानकारी दिएको छ ।

एशोसिएसनका उपाध्यक्ष सीताराम पन्तका अनुसार प्रदर्शनीमा ४४ वटा व्यवसायिक स्टल र ४ वटा सूचनामूलक स्टल गरी ४८ वटा प्रदर्शनी कक्ष हुनेछन् । सो स्टल कक्षबाट ८ लाख रुपैयाँ रकम संकलन हुने छ । यसमध्ये ४ लाख रुपैयाँ बागमती प्रदेशले दिने र ४ लाख टिकटबाट उठ्ने अपेक्षा गरिएको छ । मेलामा १६ लाख रुपैयाँ खर्च हुने भएको छ । भएको जनाएको छ ।

नर्सरी व्यवसायीहरूलाई उत्साह थप्नका लागि उत्कृष्ट स्टलतर्फ प्रतिस्पर्धा गराई एक स्टललाई नगद तथा प्रमाणपत्रद्वारा पुरस्कृत गरिने कार्यक्रम समेत रहेको उनले बताए ।

मेलामा गोदावरीका साथै सयपत्री, मखमली र अन्य फूल पनि समावेश गरिने छ ।

३५ हजारभन्दा बढीले उक्त मेलाको प्रत्यक्ष अवलोकन गर्ने र ५० लाख रुपैयाँ सम्मको व्यापार हुने अनुमान एशोसिएशनले गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *