नेप्सेमा उछाल कायमै, ७८ अंकले परिसूचक बढ्दा सबा ६ अर्बको कारोबार

काठमाडौँ । साताको पहिलो दिनदेखि नै उकालो लागेको सेयर बजारमा मंगलबार पनि उछाल कायमै रहेको छ ।

आइतबार २७ अंकले बढेको सेयर बजार परिसूचक (नेप्से) सोमबार ८७ अंकले बढेको थियो । साताको तेस्रो दिन मंगलबार पनि ७८ अंकले बढेको छ ।

यस दिन परिसूचक ७८.८२ अंकले बढेर २७५१.०७ बिन्दुमा पुगेको छ । सेन्सेटिभ परिसूचक समेत ११.५० अंकले बढेर ५१६.०७ बिन्दुमा पुगेको छ ।

यसदिन २ सय २७ किम्पनीका १ करोड १४ लाख ८६ हजार १ सय २३ कित्ता सेयर ६ अर्ब ३१ करोड ८३ लाख ४० हजार ९ सय ३२ रुपैयाँमा कारोबार भयो ।

यस दिन १३ ओटै समूहगत सूचक हरिया भएका छन् । यस दिन २२ ओटा कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढी १० प्रतिशतसम्मले बढेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *