६ महिनापछि लाइसेन्स आवेदन खुल्यो

काठमाडौँ । सवारी चालक अुनमति पत्र (लाइन्सेन्स) परीक्षाका लागि आवेदन खुलेको छ । कोरोनाका कारण स्थगित गरिएको लाइन लाइन्सेन्स परीक्षाको आवेदन मंगलबारबाट खुलेको हो ।

कोभिड–१९ संक्रमण बढेका कारण गत १६ वैशाखदेखि विभागले सूचना जारी गर्दै भौतिक उपस्थितिमा लाइसेन्सका लागि आवेदन दिन सक्ने व्यवस्था स्थगित गरेको थियो ।

विभागले खुला गरेसँगै लाइन्सेन्स लिने प्रतिक्षामा रहेका सेवाग्रहीलाई राहत हुने भएको छ । कोरोनाका कारण लामो समय लाइन्सेन्स परीक्षा स्थगित हुँदा हाल देशभर १३ लाख भन्दा बढी लाइन्सेन्सको प्रतिक्षामा रहेका छन् ।

आवेदकले अनलाइनमार्फत फारम भरी सेवा दिन सक्ने छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *