एनआईसी एशिया बैंकद्वारा १५ प्रतिशत बोनस लाभांश प्रस्ताव

काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेडले सेयरधनीहरूलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीहरुलाई १५% बोनस शेयर र ०.७८९४७% नगद लाभांश (कर प्रयोजनार्थ) गरी कुल १५.७८९४७% लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

सोमबार बसेको सञ्चालक समितिको बैठकले आव. २०७७/७८ को वितरण योग्य मुनाफा रकमबाट शेयरधनीहरूलाई हाल कायम रहेको चुक्ता पुँजीको १५ प्रतिशत अर्थात् १ अर्ब ७३ करोड ४६ लाख ८ सय ५ रुपैयाँ बराबरको बोनस शेयर तथा ०.७८९४७% अर्थात् ९ करोड १२ लाख ९४ हजार ७ सय ७९ बराबरको नगद लाभांश (कर प्रयोजनार्थ) वितरण गर्ने निर्णय गरेको हो ।

यसैगरी सञ्चालक समितिले निर्णय गरेको सो लाभांश प्रस्ताव नियामक निकाय नेपाल राष्ट्र बैंकबाट स्वीकृति भएपछि साधारण सभाको छलफलमा समावेश गरिनेछ । प्रस्ताव गरिएको लाभांश वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र योग्य सेयरधनीले दाबी गर्न पाउने बैंकले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *