शिखर इन्स्योरेन्सद्वारा सञ्चालित बीमा दाबी व्यवस्थापन विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडौँ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा दाबी व्यवस्थापन‚ सरलीकरण तथा सहजीकरण विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

दाबी प्रक्रियालाई सरल, छिटो छरितो तवरले दाबी फर्छ्यौट गरी आम मानिसमा बीमाको आवश्यकता र अपरिहार्यता महसुस हुने गरी स्वतःस्फुर्त रुपमा बीमा साक्षरतासमेत वृद्धि गराउने उद्देश्यले उक्त अन्तरक्रिया कार्यक्रम गरिएको कम्पनीले जनाएको छ ।

कार्यक्रममा बीमा कम्पनीका दाबी विभागका कर्मचारी तथा उच्च व्यवस्थापनका कर्मचारीहरूको सहभागिता थियो । कार्यक्रममा बीमा समितिको तर्फबाट भने उपनिर्देशक विरोध भट्टको उपस्थिति थियो ।

त्यसैगरी सर्भेयरहरूको तर्फबाट अध्यक्ष सूर्यप्रसाद जोशी र शिव चन्द शाखःले दाबी व्यवस्थापन सरलीकरण तथा सहजीकरणको विषयमा आफ्नो प्रस्तुती दिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *