जावा मोटरसाइकलले गर्‍यो आमन्त्रणात्मक मोटरसाइकल यात्रा

जावा मोटरसाइकलले नेपालका लागि ब्रान्डको आधिकारिक वितरक अग्नि मोटोइंक प्रालिसँगको सहकार्यमा नेपालमा पहिलोपटक आमन्त्रणात्मक मोटरसाइकल यात्राको आयोजना गरेको छ । क्लासिक लेजेन्ड्सका सहसंस्थापक तथा निर्देशक अनुपम थरेजको नेतृत्वमा कम्पनीले काठमाडौंदेखि नगरकोटसम्म मोटरसाइकल यात्रा कार्यक्रम गरेको हो ।

यात्रामा जावा मोटरसाइकल चढ्ने व्यक्तिहरू सहभागी रहेको कम्पनीले जनाएको छ । क्लासिक लेजेन्ड्सका सहसंस्थापक तथा निर्देशक अनुपम थरेजाले नेपालमा उपस्थित भएको एक वर्षभन्दा बढी भएको छ र यहाँ मोटरसाइक्लिङ गर्ने समुदायबाट प्राप्त स्नेह उत्साहजनक रहेको बताए । यहाँको सडक र रमणीय स्थानहरूले जावा मोडलको आकर्षण र सम्भाव्यतालाई अझ बढाउने उनको भनाइ थियो ।

जावा मोटरसाइकलले हाल नेपालमा जावा, जावा ४२ र जावा पेराक मोटरसाइकलको बिक्री–वितरण गर्दै आएको छ । यस ब्रान्डले नेपालका प्रमुख सहरहरू जस्तै, काठमाडौं, पोखरा, बिर्तामोड, विराटनगर, इटहरी, धरान, लाहान, वीरगन्ज, नारायणघाट, बुटवल, भैरहवा, नेपालगन्ज, दाङ, सुर्खेत र बाग्लुङमा डिलर स्थापना गरेको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *