उद्घाटन नहुँदै सकियो उपल्लो मुस्ताङमा एमाले अधिवेशन

पोखरा । देशैभर आज अध्यक्ष केपी शर्मा ओलीले पालिका अधिवेशनको एकैसाथ उद्घाटन गर्दै छन् । ११ बजे औपचारिक कार्यक्रम सुरु हुन्छ । तर गण्डकीका केही पालिकामा उद्घाटन अघि नै अधिवेशन सकिएको छ । मुस्ताङको लोमान्थाङ र लो घेकर दामोदर कुण्ड गाउँपालिकामा ७ गते अधिवेशन सकिएको हो ।

लोमान्थाङमा निमा ढिण्डु गुरुङ अध्यक्ष बनेका छन् भने लो घेकरमा रिन्जीन ओङ्दी विष्टलाई सर्वसम्मत रूपमा अध्यक्षमा चयन गरिएको छ । ६ गते वडा सकेपछि ७ गते नै पालिकाको अधिवेशन गरिएको सांसद तथा एमाले नेता इन्द्र धारा विष्टले जानकारी दिए ।

‘हिउँ पर्ने बेला भइसक्यो । गाउँहरू धेरै टाढा छन् । मान्छे जम्मा गर्न गाह्रो छ,’ उनले भने, ‘त्यसैले एकै पटक जम्मा गरेर अधिवेशन सकेका हौँ ।’ अधिवेशन पछि धेरै स्थानीयहरू बेँसी झर्न थालेका छन् । मुस्ताङको तल्लो क्षेत्रका तीन पालिकामा भने तालिका अनुसार नै आज अधिवेशन हुँदै छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *