अर्थमन्त्री शर्माद्वारा फ्रान्सेली राजदूतलाई नेपालमा लगानी बढाउन आग्रह

काठमाडौँ । नेपालका लागि फ्रान्सका राजदूत गिल्स बोउरबाओले अर्थमन्त्री जनार्दन शर्मासँग शिष्टाचार भेट गरेका छन् ।

सोमबार अर्थ मन्त्रालयमा भएको भेटमा मन्त्री शर्माले नेपालमा अर्गानिक कृषि, पर्यटन, जलविद्युत्लगायतको क्षेत्रमा लगानी गर्न फ्रान्सका लगानीकर्तालाई आग्रह गरे ।

लगानीमैत्री वातावरणको लागि सरकार हरदम तयार रहेको बताउँदै मन्त्री शर्माले त्यसको लागि सहजीकरण गरिदिन राजदूत बोउरबाओलाई आग्रह गरे।

कोभिड महामारीको असर कम हुन नपाउँदै नेपालमा बमौसमी वर्षाले ठूलो क्षति पुर्याएकोले त्यसको पुनर्निर्माण र क्षतिपूतिको लागि आवश्यक सहयोग जुटाउने सकारात्मक कुराकानी भएको मन्त्री शर्माको सचिवालयले जनाएको छ । साथै जलवायु परिवर्तनका कारण नेपालले व्यहोर्नुपरेको क्षतिका सम्बन्धमा समेत भेटमा छलफल भएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 − 2 =