चीनको यो ठाउँ‚ जहाँ पुग्न चाहन्छन् विश्वका नेताहरू (भिडिओ)

बेइजिङ । सन् २०१९ को अप्रिल २४ देखि मे २ सम्म राष्ट्रपति विद्यादेवी भण्डारीले चीनको राजकीय भ्रमण गरिन् । त्यस क्रममा राष्ट्रपति भण्डारीले दोस्रो ‘बेल्ट एन्ड रोड’ अन्तरराष्ट्रिय सहयोग शिखर सम्मेलन र बेइजिङ विश्व बागवानी प्रदर्शनी २०१९ को उद्घाटन समारोहमा भाग लिएकी थिइन् ।

त्यसअघि अप्रिल २४ तारिखमा पल्लो शान्सी प्रान्तको सिआनको भ्रमण गर्ने क्रममा उनले विश्वप्रसिद्ध टेराकोटा वारियर्सको पनि अवलोकन गरेकी थिइन् । त्यतिमात्रै होइन, पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका साथै उपराष्ट्रपति नन्दबहादुर पुनले पनि फरक फरक समयमा सो समाधिस्थलको भ्रमण गरेका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि चीनको राजकीय भ्रमण सोही संग्रहालयबाट सुरू गरेका थिए । विश्वभरका नेताहरूले पुग्न चाहेको त्यो के हो ? त्यो सङ्ग्रहालय कस्तो छ, धेरैको जिज्ञासा रहन्छ । यस्तै जिज्ञासाको समाधानका लागि तयार पारिएको यो भिडियो हेरौँ-

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *