सेयर बजारमा ८७ अंकको उछाल, सबा ४ अर्बको कारोबार

काठमाडौँ । साताको दोस्रो दिन सेयर बजारमा उछाल देखिएको छ । यस दिन सेयर बजार परिसूचक (नेप्से)८७.६३ अंकले बढेर २६७२.२५ बिन्दुमा पुगेको हो । सेन्सेटिभ परिसूचक समेत १३.६१ ऋंकले बढेर ४०४.५७ बिन्दुमा उक्लिएको छ ।

यस दिन २ सय २९ कम्पनीका ८३ लाख ९५ हजार ८ सय ६४ कित्ता सेयर ४ अर्ब ३० करोड ८८ लाख ९५ हजार ५ सय ७५ रुपैयाँमा किनबेच चएको छ ।
यस दिन ३४ ओटा कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढी र १० प्रशितसम्मले बढेको छ ।

सम्पूर्ण समूहगत सूचक हरियो भएका छन् । साताको पहिलो दिन आइतबार सेयर बजार २७ अंकले बढेको थियो भने जम्मा २ ओटा कम्पनीको सेयर मूल्य मात्र १० प्रतिशतले बढेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *