नर्भिक अस्पतालमा अब अत्याधुनिक ‘आइपिडी’

काठमाडौँ । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले आफ्नो सेवा र संरचनालाई समयानुकूल स्तरीय बनाउँदै लैजाने रणनीतिअनुसार आइपीडी (इन प्यासेन्ट डिपार्टमेन्ट)लाई स्तरोन्नति गर्दै अझ स्तरीय बनाएको छ । ओपिडीबाट सुरु भएको नर्भिकको स्तरोन्नति गर्ने काम अझै जारी छ । यो क्रममा आइपीडीलाई अझ स्तरीय र आधुनिक बनाइएको हो ।

गत फागुन ९ गतेदेखि नर्भिकले आधुनिक र पूर्ण डिजीटाइज्ड ओपिडी संचालनमा ल्याएको थियो । सोहीबेला भएको घोषणाअनुसार अस्पतालका अन्य युनिटहरुको समेत स्तरोन्नति गर्ने क्रममा आइपिडीलाई पनि आधुनिक बनाइएको हो ।

योसँगै अब नर्भिकको आइपीडीमा भिजिट गर्ने बिरामी, तिनका आफन्त र सर्वसाधारणले अन्य अस्पतालभन्दा फरक अनुभूति गर्नेछन् । नर्भिकले आइपिडीका सबै संरचनाहरूमा आमूल स्तरोन्नति गर्दै विश्वस्तरीय बनाएको हो ।

पुनर्निर्माण गरिएको आइपीडीमा बिरामी, तिनका आफन्त र सर्वसाधारणको सहजता र सुविधालाई विशेष ध्यानमा राखिएको छ । स्तरीय सुविधाहरुलाई थप गरिएको छ भने प्रतीक्षालयदेखि बेडहरूलाई समेत पहिलाभन्दा स्तरीय बनाइएको छ ।

पूर्ण रूपमा विश्वस्तरीय, बिरामी मैत्री र बिरामीका कुरुवा तथा भिजिटरहरुलाई समेत सहज हुने हिसाबले पुनर्निर्माण गरी स्तरोन्नति गरिएको नर्भिक अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले जानकारी दिए ।

मिश्रकाअनुसार नर्भिकले आफ्नो सम्पूर्ण सेवालाई पूर्ण रूपमा डिजीटाइज्ड गरी अत्याधुनिक बनाउने कामको ओपिडीबाट सुरुवात गरेको थियो । त्यसकै निरन्तरताको रूपमा आइपीडी समेत पुनर्निर्माण भएको हो ।

अत्याधुनिक आइपिडीमा आधुनिक लुक्सको साथमा पहिलाभन्दा अझ स्तरीय सेवा, स्मार्ट स्वास्थ्यकर्मी तथा कर्मचारीहरूको व्यवस्था गरिएको छ । अस्पतालमा बिरामीले पैसा तिरेपछि सोहीअनुसारको सेवा पाउन सकुन् भन्ने उद्देश्यले नर्भिकको सेवालाई अत्याधुनिक बनाउने अभियान थालिएको उनले जानकारी दिए ।

‘अस्पताल हाताभित्र पुग्दा दुर्गन्ध आउने, मानिसहरूको अव्यवस्थित भिडभाड देखिने परम्परावादी दृश्यहरू कसैले देख्न नपरोस् भन्ने हाम्रो उद्देश्य हो ।’ मिश्रले भने–‘यही उद्देश्यले हामीले कोरोना सङ्क्रमणका कारण चौपट बनेको विजिनेश लयमा फर्किन मुस्किल परिरहेको अवस्थामा समेत बिरामीको हितलाई सर्वोपरि मान्दै ठूलो लगानी थपेर यो काम गरेका हौँ।’

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *