म्याग्दीमा महिलामाथि सामूहिक बलात्कार

पोखरा । म्याग्दीमा एक महिलामाथि सामूहिक बलात्कार भएको छ । बेनी नगरपालिका ५ की २७ वर्षीया एक महिलामाथि कार्तिक २ गते राती ३ स्थानीय किशोरले बलात्कार गरेका हुन् ।  घरमा सुतिरहेको अवस्थामा रक्सी पिएर आएका तीनै जनाले ज्यान मार्ने धम्की दिएर जबरजस्ती करणी गरेका पीडित महिलाको आरोप छ ।

उनले प्रहरीमा जाहेरी दिएकी छिन् । उनको जाहेरीमा आफूलाई कसैले थाहा नपाउने गरी मुखमा लुगा कोचिदिएर सामूहिक बलात्कार गरेको उल्लेख छ । घटनाका आरोपितहरूलाई पक्राउ गरी कानुनी कारबाही अघि बढाइएको प्रहरी प्रमुख डीएसपी श्यामकुमार राईले जानकारी दिए ।

ती महिलालाई बलात्कार गरेको घटना उनकै छोराले प्रहरीमा जानकारी गराएका थिए । श्रीमान् विदेशमा भएका उनलाई यसअघि पनि पटक पटक उनीहरुले सताउने गरेको पीडित पक्षको भनाई छ । घटनाबारे प्रहरीमा उजुरी परेपछि लेनदेनमा मिलापत्रको प्रयास समेत भएको बताइएको छ । तर प्रहरीले कुनै हालतमा पीडकले उन्मुक्ति नपाउने बताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *