गाँजा मुद्दाका फरार प्रतिवादी एमालेका वडा सदस्य

पोखरा । नेकपा एमालेको वडा अधिवेशन शनिबार सकिएको छ । कास्कीका ७२ वटै वडामा वडा कार्यसमिति चयन भएको छ । रुपा गाउँपालिकाको एउटा वडामा लागू औषध मुद्दाका एक फरार प्रतिवादी मुस्कान पंगेनी पनि वडा सदस्यमा निर्वाचित भएका छन् ।

शनिबार सम्पन्न अधिवेसनमा रुपाको वडा नम्बर ५ को सदस्यमा उनी निर्वाचित भएका हुन् ।

उनी २०७७ असार १६ गते २ किलो ३ सय ग्राम गाँजासहित तनहुँको आँबुखैरेनीबाट पक्राउ परेका थिए । पंगेनीलाई तनहुँ अदालतले ६ महिना काराकार सजाय सुनाएको छ । राजनीतिक दबाबमा उनलाई ११ दिनमै छुटाइएको थियो ।

जेल सजाय नभोगी उनी फरार भएका थिए । पंगेनीले उच्च अदालत पोखरामा भदौ १६ गते पुनरावेदन दर्ता गराएका छन् । उनको सोमबार पहिलो पेसी छ । उनी शनिबारको वडा अधिवेशनबाट वडा सदस्य निर्वाचित भएका सोही वडाका नवनिर्वाचित सचिव राजन खनालले जानकारी दिए ।

पंगेनीसहित ४ जनाले पुनरावेदन गराएका हुन् । तेजबहादुर गुरुङ, आकाश गुरुङ र रुपेश गुरुङको मुद्दा दर्ता भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *