जलविद्युत् आयोजनाकाे अनुमतिमा प्रतिबन्ध लगाउने निर्णयको विरोध

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)ले जलविद्युत् उत्पादन परियोजना निर्माणका लागि आवश्यक सर्वेक्षण तथा उत्पादन अनुमति पत्र वितरण र विद्युत् खरिदबिक्री सम्झौतामाथि लगाइएको प्रतिबन्ध हटाउन माग गरेको छ । इप्पानले आइतबार पत्रकार सम्मेलन गरी यस्तो माग गरेको हो । ७ असोजमा सरकारको मुख्यसचिव स्तरीय निर्णयबाट उक्त प्रतिबन्ध लाइएको थियो ।

नेपालमा ८३ हजार मेगावाट भन्दा बढी जलविद्युत् उत्पादन गर्न सकिने क्षमता रहेको, नेपालको विद्युत्लाई आन्तरिक तथा अन्तर्राष्ट्रिय बजारमा बिक्री गरेर आर्थिक लाभ लिस सक्ने सम्भावना प्रशस्त रहेको भन्दै इप्पानले विद्युत् उत्पादनको बाटो नथुन्न सरकारकासँग माग गरहेको हो ।

नेपालले विद्युत् उत्पान गरी सबै घरमा ऊर्जा सुरक्षा सुनिश्चित गर्ने, गुणस्तरीय विद्युत् आपूर्ति गर्ने, जलविद्युत्को आन्तरिक प्रयोग बढाएर ग्यास तथा पेट्रोलियम पदार्थ विस्थाप गरी खर्बौंको व्यापार घाटा कम गर्न सकिने जस्ता अवसर हुँदा हुँदै सरकारले लिएको निर्णय उचित नभएको इप्पानका अध्यक्ष कृष्णप्रसाद आचार्यले बताए ।

हाल नेपालमा सरकारी तथा नीति क्षेत्रका १ सय १७ जलविद्युत् आयोजनाबाट १ हजार ९ सय मेगावाट विद्युत् उत्पादन क्षमता पुगिसकेको भन्दै उनले ३ हजार ५ सय मेगावाटका विद्युत् आयोजना आगामी ५ वर्षभित्र निर्माण सञ्चालनमा आउने अवस्थामा रहेकोले अन्तरदेशीय प्रसारण प्रणाली सुधार गर्नुको साटो आयोजना निर्माणको अनुमिति नै दिन प्रतिबन्ध लागनु उचित नभएको इप्पानको भनाई छ ।

इपपानले विद्युत्को खपत बढाउन सहुलियत दरमा विद्युतीय चुलो वितरण गर्ने, विद्युतीय सवारी साधानको प्रयोग बढाउने, उद्योगलाई सस्तो विद्युत् उपलब्ध गराउने, विद्युत् व्यापारमा निजी क्षेत्रलाई खुला गर्ने जस्ता नीति ल्याउन सरकारलाई सुझाव दिएको छ ।

त्यस्तै, अन्तरदेशीय विद्युत् व्यापारका नीति निर्माण गर्न तथा अन्तरदेशीय प्रसारण लाइन विस्तार गरी अन्तर्राष्ट्रिय स्तरमा विद्युत्को व्यापार सुरु गर्न पनि सरकारलाई सुझाव दिएको छ। त्यस्तै विद्युत् प्रसारणमा ‘ह्वीलिङ चार्ज’को शुल्कसम्बन्धी नीति नियम निर्माण गर्न पनि आग्रह गरेको छ ।

त्यस्तै, बीमा समितिले गरेको निर्जीवन बीमा शुल्कसम्बन्धी निर्देशिकामा भएको व्यवस्थाको समेत विरोध गरेको छ ।
जलविद्युत् क्षेत्रमा भएको लगानीलाई जोखिम पार्ने किसिमले उक्त प्रतिबन्ध लगाइएकोले प्रतिबन्ध फुकुवा नगरे आन्दोलनमा उत्रिने समेत इप्पानको चेतावनी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *