मुक्तिनाथ बैंकले ल्यायो दुर्घटना बीमा

काठमाडौँ । मासिक ब्याजसहित थुप्रै निःशुल्क सुविधायुक्त आकर्षक बचत खाता

मुक्तिनाथ विकास बैंक लिमिटेडले निक्षेपकर्ताहरूलाई सर्वाधिक ब्याजदर प्रदान गर्ने १० लाख रुपैयाँको दुर्घटना‚ मुत्यु तथा अशक्तता बिमा सुविधा भएको ‘मुक्तिनाथ उत्कृष्ट बचत खाता’ सञ्चालनमा ल्याएको छ ।

ग्राहकहरूले दश हजार रुपैयाँको न्यूनतम मौजदातमै मुक्तिनाथ बैंकको उत्कृष्ट बचत खाता खोल्न सक्ने बैंकले जनाएको छ । यो बचत खातामा बैंकले ग्राहकहरूलाई वार्षिक सर्वाधिक ब्याजदर ५.५०% को दरले मासिक ब्याज भुक्तानी प्रदान गर्ने बैंकले उल्लेख गरेको छ ।

साथै पहिलो वर्षका लागि निःशुल्क भिजा डेबिट कार्ड र हरेक वर्ष निःशुल्क मोबाइल बैंकिङ्ग तथा निःशुल्क ईन्टरनेट बैंकिङ सेवासमेत प्रदान गर्ने भएकाले यसबाट ग्राहकले ठूलो लाभ लिन सक्ने बैंकले विश्वास लिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *