तीन महिनामा १२२ अर्ब लगानी प्रस्ताव, २४ अर्ब विदेशी लगानी स्वीकृत

काठमाडौँ । उद्योग विभागले ३ महिनामा १ सय ७ ओटा उद्योगमा २४ अर्ब रुपैयाँ विदेशी लगानी स्वीकृत गरेको छ । लगानीका यी उद्योग परियोजनामा ७ हजार १ सय ९५ रोजगारी सिर्जना हुने विभागले जानकारी दिएको छ ।

विभागले दिएको तथ्यांक अनुसार साउनदेखि असोजसम्ममा स्वदेशी तथा विदेशी गरी कुल १ खर्ब २२ अर्ब लगानी प्रस्ताव आएको छ । यस अविधिमा ८७ उद्योग दर्ता भएका छन् ।

त्यस्तै, यो अवधिमा ९ सय १० ओटा ट्रेडमार्क र ५ ओटा डिजाइन दर्ता भएका छन् । पेटेन्ट दर्ताको संख्या भने ३ महिनामा शून्य रहेको छ ।

त्यस्तै, यो अवधिमा १४ ओटा परियोजनाको प्रारम्भिक वातावरणीय परीक्षण(आईईई) गरिएको, ट्रेडमार्कसम्बन्धी ५४ ओटा मुद्दामा कारवाही गरिएको छ ।
विभागका अनुसार यस अवधिमा ठूला २६, मझौला, ३४ र साना २७ उद्योग दर्ता भएका छन् ।

कोभिड प्रभाव न्यून हुँदै गएपछि नेपालीमा विदेशी तथा आन्तरिक लगानी बढ्न थालेको विभागको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *