सेयर बजार २७ अंकले बढ्यो, २ अर्ब ७७ करोडको कारोबार

काठमाडौँ । सेयर बजार परिसूचक (नेप्से) आइतबार २७.५१ अंकले बढेको छ । यस दिन परिसूचक बढेर २५८४.५२ बिन्दुमा पुगेको छ । सेन्सेटिभ परिसूचक समेत यस दिन ७.२४ अंकले बढेर ४९०.६८ बिन्दुमा पुगेको छ ।

सेयर परिसूचक बढेको भए पनि कारोबार रकम भने उत्साहजनक रुपमा बढ्न सकेको छैन । यस दिन २२५ कम्पनीका ५८ लाख १८ हजार २५ कित्ता सेयर २ अर्ब ७७ करोड ३४ लाख २० हजार १ सय ३५ रुपैयाँमा किनबेच भएको छ ।

यस दिन व्यापार समूहबाहेक सबै समूहगत परिसूचक हरिया भएका छन् ।

यस दिन बेस्ट फाइनान्स कम्पनी र रिडी हाइड्रो पावर कम्पनीको सेयर मूल्य १०/१० प्रतिशतले बढेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *