बेमौसमी वर्षाले राष्ट्रिय राजमार्गमा १ अर्ब ५ करोडको क्षति

काठमाडौँ । असोज अन्तिम र कात्तिकको सुरुमा भएको बेमौसमी भीषण वर्षाले राष्ट्रिय राजमार्गमा करिब १ अर्ब ५ करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक विवरण सडक विभागले सार्वजनिक गरेको छ ।

संसदको विकास तथा प्रविधि समितिमा विभागका महानिर्देशक अर्जुनजंग थापाले उक्त विवरण प्रस्तुत गरेका हुन् ।

वर्षाका कारण आएको बाढी, पहिरो, डुबान र कटानले उक्त रकम बराबरको क्षति भएको उनले जानकारी दिए ।

समितिले बाढी, पहिरो र डुबानका कारण क्षतिग्रस्त सडक पूर्वाधार र मध्य पहाडी लोकमार्गबारे छलफल गर्न भौतिक पूर्वाधार मन्त्री, सचिव, सडक विभागका महानिर्देशकलगायत सम्बद्ध पक्षलाई बोलाएर आइतबार १२ बजेदेखि छलफल गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *