बैंकर्स संघले अर्थशास्त्री डा. शर्मालाई सम्मान गर्ने

काठमाडौँ । नेपाल बैंकर्स संघले अर्थशास्त्री डा. शंकर शर्मालाई सम्मान गर्ने भएको छ ।

संघको २३ कात्तिकमा हुने साधारणसभामा अर्थशास्त्री डा. शर्मालाई सम्मान गर्ने कार्यक्रम रहेको संघले जनाएको छ । साधारणसभाका अभवसरमा संघले वित्तीय क्षेत्रमा योगदान पुर्याउने बैंकका अध्यक्ष तथा पूर्व अध्यक्षहरुर्लाइ सम्मान गर्दै आएको छ ।

अर्थशास्त्री डा. शर्मा सिटिजन्स बैंक इन्टरनेशनलका पूर्व अध्यक्ष हुन् । उनकै नेृत्वमा उक्त बैंक स्थापना भएको थियो ।

शर्मा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष, अमेरिकाका लागि नेपालका पूर्व राजदूत समेत हुन् ।

संघले यसअघि वित्तीय क्षेत्रमा योगदान गर्ने नेपालकै पहिलो गभर्नर हिमालय शमसेर राणा, एभरेष्ट बैंकका अध्यक्ष बीके श्रेष्ठ, नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडे, नबिल बैंकका पूर्व अध्यक्ष स्व. शम्भु पौडेल, नबिल बैंकका पूर्व अध्यक्ष तथा पूर्व गभर्नर सत्येन्द्रप्यारा श्रेष्ठलाई सम्मान गरिसकेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *