ओलीले दश बुँदेको ट्याउँ-ट्याउँ भन्न थाले, साथीहरूको हरिबिजोग भयो : माधव नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले एमालेमा दश बुँदे भन्नेहरूको हरिबिजोग भएका बताएका छन् ।  शनिवार सिन्धुपाल्चोकमा आयोजित कार्यक्रममा अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।  यस्तै अध्यक्ष नेपालले एमालेमा केपी ओलीको आदेश पालना गर्नेहरूले मात्र स्थान पाउने र बाँकीलाई खेद्ने गरेको पनि दाबी गरे ।

‘आदेशको पालना गर्‍यो भने स्याबास, उ बस्न पाउँछ,’ उनले भने, ‘आदेशको पालना गरेन भने कति ट्याउँ-ट्याउँ गरेको १० बुँदेको भनेर सुन्नुपर्छ । सुन्नु भएको छैन, १० बुँदेको ट्याउँ-ट्याउँ । अब १० बुँदे भन्ने साथीहरूको कस्तो हरिबिजोग।’ अध्यक्ष नेपालले एमालेमा नेताहरूको कुनै सम्मान नगर्ने, कुनै छलफल नगर्ने शैली हाबी भएकाले विद्रोह गरेर नयाँ पार्टी खोल्नु परेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *