मुक्तिनाथ विकास बैंक ‘ग्लोबल एसएमई अवार्ड’बाट सम्मानित

काठमाडौँ । मुक्तिनाथ विकास बैंक ग्लोबल एसएमई अवार्ड २०२१ बाट सम्मानित भएको छ ।

विश्व बैंक समूहको अन्तरराष्ट्रिय वित्त निगम तथा एसएमई फाइनान्स फोरमले आयोजना गरेको र जी ट्वान्टीज् ग्लोबल पार्टनरसीप फर फाइनान्ससीयल इन्क्युलसनबाट समर्थित अवार्डबाट बैंक सम्मानित भएको हो ।

साना तथा लघुवित्त क्षेत्रमा बैंकले पुर्‍याएको योगदानको कदर गर्दै सम्मानित गरिएको हो । सो कार्यक्रममा साना तथा लघुवित्त क्षेत्रमा काम गरिरहेका विश्वभरिका विभिन्न संघसंस्थाहरू प्रतिस्पर्धामा सहभागी भएका थिए ।

यस सम्मानले बैंकलाई भविष्यमा यस साना तथा लघुवित्त क्षेत्रमा थप योगदान गर्नका लागि उत्साहित बनाएको छ । बैंकले यसअघि युरोपियन माइक्रो फाइनान्स अवार्ड २०२० समेत हासिल गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *