न्यादी हाइड्रोपावरको आईपीओ बाँडफाँट, यसरी हेर्नुहोस् नतिजा

काठमाडौँ । न्यादी हाइड्रोपावरको लिमिटेडलले निष्कासन गरेको साधारण सेयर (आईपीओ) बाँडफाँट  सम्पन्न भएको छ । न्यादी हाइड्रोपावर कम्पनी लिमिटेडले असोज १५ गतेदेखि असोज १९ गतेसम्म सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयर (आईपीओ) को बाँडफाँट गरेको जनाएको छ ।

आईपीओमा अन्तिम दिनसम्म २२ लाख ५५ हजार ८४ जना आवेदकले २ करोड ७० लाख ८९ हजार १ सय ५० कित्ताको लागि आवेदन दिएका थिए । जस अनुसार २ लाख २ हजार २ सय ५० जनाले मात्र १० कित्ताको दरले सेयर प्राप्त गरेका छन् ।

बाँकी २० लाख ५२ हजार बढी आवेदकको हात खाली भएको छ । १३ हजार ९ सय ४६ जनाको आवेदन रद्द भएको छ ।कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अङ्कित दरमा २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता साधारण सेयर निष्कासन गरेको थियो ।

जसमध्ये ५५ अर्थात् १ लाख १२ हजार ५०० कित्ता सामूहिक लगानी कोष, २५ अर्थात् ४५ हजार कित्ता सेयर कर्मचारीहरूका लागि र बाँकी २० लाख ९२ हजार ५ सय कित्ता सर्वसाधारणहरूका लागि छुट्याइएको थियो ।

केही समय पछि मात्र नतिजा हेर्नै सकिने कम्पनीले जनाएको छ । कम्पनीको आईपीओको नतिजा सिडिएस एण्ड क्लियरिङ लिमिटेडले सञ्चालनमा ल्याएको नामक वेभसाइट बाट  हेर्नै सकिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *