भारतीय सेनाको टोली मुस्ताङ घुमेर फर्कियो

पोखरा । भारतीय सेनाको टोलीले चीनको सीमाना जोडिएको नेपालको जिल्ला मुस्ताङको भ्रमण गरेर फर्किएको छ । रियर एड मिरल धिरेन भिगको नेतृत्वमा ३५ जनाको सैन्य टोलीले बिहीबार मुस्ताङ भ्रमण गरेर फर्किएको हो ।

दुईवटा हेलिकोप्टर चार्टर गरेर उनीहरू मुस्ताङ ल्यान्ड भएको मुस्ताङ प्रहरी प्रमुख डीएसपी रामकुमार दानीले बताए ।

उनीहरूले मुक्तिनाथ मन्दिर भ्रमण गरेको प्रहरीले जनाएको छ । ‘मुक्तिनाथ घुम्नुभयो । उहाँहरूको आन्तरिक भ्रमण हो,’ उनले भने, ‘अरु ठाउँ पनि हेर्ने कुरा थियो । समय कम भएर फर्किनुभयो ।’

टोली बिहीबार साँझ पोखरा आइपुगेको छ । पोखराबाट उनीहरू काठमाडौँ हुँदै अन्य जिल्लाको भ्रमणमा समेत जाने तयारी रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *